Saptari/June 1
Bambholi Sada, 32, of Nakati Raypur VDC-3 and currently living at his wife’s maternal home in Badgama VDC-9 has been held in custody on charge of raping a 25-year-old woman.
A single bench of Mohanraj Bhattarai on May 31 sent Sada to Prison on charge of raping the woman on May 4 at around 7.30 pm near Dinabhadri Bhagwati Temple as she was returning home from Kanchanpur.
Kanchanpur Area Police had arrested him on May 7.
Manohar Kumar Pokharel
सप्तरी । जेठ १८ गते
नकटी रायपुर गाविस-३ घर भई बदगामा गाविस-९ स्थित ससुराली घरमा बस्दै आएका ३२ वर्षीय बमभोली सदा जेठ १७ गते बलात्कारको आरोपमा राजविराज कारागारमा थुनामा परेका छन् ।
जिल्ला न्यायाधीश मोहनराज भट्टराईको एकल इजलाशले एक २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सदालाई कारागारमा थुन्ने आदेश गरेको हो ।
आरोपितमाथि वैशाख २१ गते राति ७ः३० बजे बदगामा गाविस-९ स्थित दिनाभद्री भगवती मन्दिरनजिक लक्ष्मी सदाको मुग बारीमा बलात्कार गरेको आरोप छ ।
कञ्चनपुर बजारबाट औषधी किनेर घर फर्कदै गरेका बेला बाटोमा कोही नभएको मौका पारी सदाले बलात्कार गरेको पीडित महिलाले बताइन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरले सदालाई ०७० वैशाख २४ गते गिरफ्तार गरी मुलुकी ऐन जबरजस्ती करणी महलअन्तर्गत मुद्दा दर्ता गरेको थियो ।
मनोहरकुमार पोखरेल